Sunday, September 29, 2013


गुगल हमिङ्बर्डः जे बोल्यो त्यही खोज्छ
न्युयोर्क- सर्च इन्जिन गुगलले आफ्नो सर्च प्रविधिमा ठूलो परिवर्तन गरेको छ। गुगलले आफ्नो नयाँ प्रविधिको नाम हमिंगबर्ड राखेको छ। पिछिल्ला तीन सर्च इन्जिन गुगलले गरेको यो सबैभन्दा ठूलो फेरबदल हो। पछिल्लो परिवर्तन बारे धेरै कुरा नबताइ एपनि गुगलका अधिकारीहरुले सर्चको नयाँ संस्करणले लामो तथा जटिल खोजीमा सहयोग गर्ने बताएका छन्।
प्रयोकर्ताले प्राकृतिक तथा संवादपरक खोजीको विधि चाहिरहेको ले नयाँ विधी ल्याएको गुगलले बताएको छ। 'उपभोक्ताले मोबाइल, स्मार्टवाच या अन्य ग्याजेटमा आवाज पहिचान गरेर प्रयोगकर्ताले भनेको मान्ने प्रविधि ल्याएका छौं' गुगलले भनेको छ, 'हामी प्रयोकर्तालाइ कसरी सहज रुपमा सर्चमा सहभागी गराउन सक्छौ भन्नेमै केन्द्रित छौं।'

हमिङवर्डले र्यातङकिङ सूचनाको आधारमा बुद्धिमानी तरिकाबाट सर्च गर्छ। जबकी यसको पूर्ववर्ती एल्गारिद्‌यले इन्डेक्सिङ आधारमा सर्च गर्थ्यो। हमिङवर्डले शब्द अनुसार विचार तथा अवधारणलाई राम्रोसँग बुझ्ने हुँदा यसको प्रयोग निकै प्रभावकारी हुने बताइएको छ।

गुगल सर्चको नयाँ संस्करण प्रदर्शन गर्ने क्रममा गुगलका अधिकारीले आफ्नो फोनमा आवाजको माध्यमबाट एफिल टावरको तस्वीर खोजेर देखाएका थिए। तस्वीर देखिएपछि उनले सर्च इन्जिनलाई टावरको उचाइ कती छ भनेर प्रश्न गरेका थिए। जब गुगलले टावरको उचाई सही देखायो त्यसपछि अधिकारीले टावर निर्माणको समयका तस्वीर देखाउन भनेका थिए। त्यसपछी गुगलले टावर निर्माण सँग जोडिएका केही तस्वीरहरु देखाएको थियो।

अहिले नै हमिङवर्डको सफलताको बारेमा अनुमान लगाउन छिटो हुने प्रविधि विश्लेषकहरु बताउँछन्।

0 comments:

Post a Comment

  • RSS
  • Delicious
  • Digg
  • Facebook
  • Twitter
  • Linkedin
  • Youtube