Tuesday, September 24, 2013


अन्तरिक्षमा जम्मा भएको ठूलो परिमाणको फोहर पछिल्लो दिनमा चुनौतिको विषय बन्दै गएको छ । विभिन्न राष्ट्रले अन्तरीक्षमा पठाएका यान तथा भु उपग्रहहरुको अवधि समाप्त भएसँगै त्यस्ता यान तथा स्याटेलाइटलाई अन्तरीक्षमै नष्ट गर्ने गरिएको छ । जसका कारण धातुका टुक्रा लगायतका फोहरको ठूलो परिमाण अन्तरीक्षमा जम्मा हुँदै गएको छ । त्यस्ता टुक्राहरुले पृथ्वीको तिब्र गतिमा परिक्रमा गरिरहेका हुन्छन् ।
space
नासाले अघिल्लो वर्ष पृथ्वीको कक्षमा यसरी परिक्रमा गरिरहेका फोहरकेा मात्रा उच्च विन्दुमा पुगिसकेको र त्यसले गम्भीर समस्या उत्पन्न गरेको बताएको थियो । यस्तो फोहरका कारण भविष्यमा पृथ्वीबाट रकेट प्रक्षेपण गर्न नसकिने मात्र होइन सूर्यबाट आउने प्रकाश समेत छेकिन सक्ने खतरा हुन्छ । अन्तरीक्षमा जम्मा भैरहेको यस्तो फोहरले पृथ्वीमा कुनैदिन ठूलो दुर्घटना समेत निम्त्याउन सक्ने वैज्ञानिकहरुले चेतावनी दिइरहेका बेला स्विजरल्याण्डका वैज्ञानिकहरुले अन्तरिक्ष सफा गर्न कुचिकार पठाउने भएका छन् ।
space 2
वास्तवमा अन्तरिक्षमा कुनै कुचिकार मान्छे पठाउन लागिएको भने होइन । स्विजरल्याण्डका वैज्ञानिकहरुले एक यस्तो भुउपग्रह अन्तरीक्षमा पठाउँदैछन् त्यसले पाँच वर्षसम्म अन्तरीक्षको फोहर सफा गर्नेछ । त्यो भुउपग्रहमा लचकदार हाँगा हुनेछन् । त्यस्तो हाँगाको सहायताले त्यस स्याटेलाइटले फोहरका टुक्रा जम्मा गर्नेछ । क्लिन स्पेन वन नामक उक्त स्याटेलाइटले त्यसरी जम्मा गरेका फोहर चिजलाई अन्तरीक्षबाट हुत्याएर पृथ्वीको बायुमण्डलमा पठाउनेछ र ती पदार्थ वायुमण्डलमा जलेर पृथ्वीमा खरानीको रुपमा खस्नेछन् । अढाइ सय किलो तौलको उक्त भु उपग्रह सन् २०१८ सम्ममा प्रक्षेपण गर्ने लक्ष्य रहेको छ ।

0 comments:

Post a Comment

  • RSS
  • Delicious
  • Digg
  • Facebook
  • Twitter
  • Linkedin
  • Youtube