Previous Next
  • तपाईको सल्लाह र सुझावको लागि हार्दिक अनुरोध गर्दछु । तपाईको सल्लाह र सुझावले मलाई अधि बढ्न अंझ शक्ति दिनेछ भन्ने आशा लिएको छु । तपाईले यो ब्लगर हेर्नुभएकोमा धेरै धेरै धन्यवाद । फेरी फेरी पनि हेर्दै गर्नुहोला । धन्यवाद ।।।

  • तपाईको सल्लाह र सुझावको लागि हार्दिक अनुरोध गर्दछु । तपाईको सल्लाह र सुझावले मलाई अधि बढ्न अंझ शक्ति दिनेछ भन्ने आशा लिएको छु । तपाईले यो ब्लगर हेर्नुभएकोमा धेरै धेरै धन्यवाद । फेरी फेरी पनि हेर्दै गर्नुहोला । धन्यवाद ।।।

  • तपाईको सल्लाह र सुझावको लागि हार्दिक अनुरोध गर्दछु । तपाईको सल्लाह र सुझावले मलाई अधि बढ्न अंझ शक्ति दिनेछ भन्ने आशा लिएको छु । तपाईले यो ब्लगर हेर्नुभएकोमा धेरै धेरै धन्यवाद । फेरी फेरी पनि हेर्दै गर्नुहोला । धन्यवाद ।।।

  • तपाईको सल्लाह र सुझावको लागि हार्दिक अनुरोध गर्दछु । तपाईको सल्लाह र सुझावले मलाई अधि बढ्न अंझ शक्ति दिनेछ भन्ने आशा लिएको छु । तपाईले यो ब्लगर हेर्नुभएकोमा धेरै धेरै धन्यवाद । फेरी फेरी पनि हेर्दै गर्नुहोला । धन्यवाद ।।।

Friday, October 11, 2013


पृथ्वीमा जस्तै जिवको बसोबास भएको अर्को ग्रह पनि रहेको तथ्य फेला परेको छ । खगोलविद्हरुले हाम्रो सौर्य परिवार बाहिर पृथ्वीजस्तै चरित्र भएको अर्को ग्रह रहेको प्रमाण फेला पारेका हुन् । यद्यपि उक्त ग्रह अहिले भने क्षतविक्षत अवस्थामा छ । वैज्ञानिकहरुले उक्त ग्रहका बँचेखुसेका पिण्डको अध्ययनबाट उक्त ग्रहमा पहिले पृथ्वीमा जस्तै ठूलो परिमाणमा पानी रहेको, जुन जिवको अस्तित्वका लागि अत्यावश्यक रहेको बताएका छन् । पछिल्लो खोज निकै उत्साहपूर्ण रहेको दाबी खगोलविद्हरुको छ ।
planet
खगोलविद्हरुका अनुसार यो पछिल्लो खोजले करोडौँ वर्ष पहिलो हाम्रो सौर्य मण्डल बाहिर पृथ्वीजस्तै जिवको अस्तित्व रहेका ग्रहहरु रहेको प्रमाणित गरेको छ ।
उक्त ग्रहको तारा मृत भएपछि त्यो ग्रहमा गुरुत्वाकर्षण असन्तुलन समेत हुँदा संरचना क्षतविक्षत भएको र अहिले पनि उक्त ग्रहले मृत तारालाई परिक्रमा गरिरहेको खगोलविदहरु बताउँछन् ।
बेलायतको वारविक विश्वविद्यालयका खगोलविदहरुका अनुसार पानी भएको चट्टानी पिण्ड सौर्य मण्डल बाहिर पत्ता लागेको यो पहिलो पटक हो । चट्टानी सतह र पानीको उपस्थिति सहितको आकाशीय पिण्ड सौर्य मण्डल बाहिर समेत फेला पर्नु निकै उत्साहबर्धक कुरा रहेको र यसले ब्रम्हाण्डमा पृथ्वी बाहेकका अन्य पिण्डमा पनि जिवनको सम्भावनाको खोजीलाई सार्थकता प्रदान गरेको उनीहरु बताउँछन् । यो ग्रहको अवशेष पृथ्वीभन्दा १५० प्रकाश वर्ष टाढा छ ।

Thursday, October 10, 2013


८२ प्रतिशतमा टेलिफोनको पहुँच
काठमाडौं - कूल जनसंख्याको ८१ दशमलव ७२ प्रतिशतमा टेलिफोनको पहुँच पुगेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले मंगलबार सार्वजनिक गरेको गत साउनसम्मको तथ्यांकअनुसार नेपालमा २ करोड १६ लाख ५१ हजार १ सय २२ जना टेलिफोन प्रयोगकर्ता छन्। पोहोर भदौदेखि यो साउनसम्ममा १४ दशमलव ५७ प्रतिशत नयाँ टेलिफोन प्रयोगकर्ता थपिएका छन्। फिक्स्ड टेलिफोन प्रयोग गर्नेको हिस्सा ३ दशमलव २० प्रतिशत छ। मोबाइल प्रयोगकर्ताको हिस्सा ७२ दशमलव ५८ प्रतिशत छ। त्यस्तै अन्य (एलएम, जिएमपिसिएस) मोबाइल प्रयोग गर्नेको संख्या ५ दशमल ९४ प्रतिशत छ।
विभिन्न प्रकारका टेलिफोन सेवा प्रदान गरेको नेपाल टेलिकमले पछिल्लो केही वर्षदेखि आफ्नो बजार हिस्सा गुमाउँदै गएको छ। टेलिकमको बजार हिस्सा भ्वाइस र डाटा सेवा दुवैमा गुम्दै गएको प्रतिवेदनले देखाउँछ। टेलिकमलाई निजी क्षेत्रको मोबाइल सेवा प्रदायक एनसेलले पछि पारेको छ। एनसेलको जिएसएम मोबाइल प्रयोगकर्ता १ करोड ६८ लाख ९ हजार ८ सय ५२ छन्। यो कूल जनसंख्याको ४९ प्रतिशत हो। नेपाल टेलिकमको बजार हिस्सा ४३ प्रतिशत छ। टेलिकमको फिक्स्ड, वायरलेस, जिएसएम, सिडिएमए सेवा गरेर ९३ लाख ६ हजार ६ सय ७८ ग्राहक छन्। टेलिकमको जिएसएम मोबाइल प्रयोग गर्नेको संख्या ७५ लाख ८४ हजार १ सय १३ छ। युटिएलको टेलिफोन प्रयोगकता ७ लाख २३ हजार २ सय ८७ छन्। एसटिपिएलको टेलिफोन प्रयोग गर्ने ७ लाख ७४ हजार ४ सय ८० छन्। 
नेपाल टेलिकमकी प्रवक्ता गुणकेशरी प्रधानले टेलिकमले बजार हिस्सा बढाउन विभिन्न समयमा विभिन्न अफर, योजना र स्किम ल्याउँदै आएको बताइन्। अहिले हामीले प्रवर्द्धनात्मक कार्यक्रमसहित अफर र छुट प्रदान लागिरहेका छौं, गुणस्तर बढाउने काम पनि भइरहेको छ,' उनले भनिन्। उनका अनुसार टेलिकममा रणनीतिक साझेदार आउन लागेको छ। 'त्यसपछि हामी झन् आक्रामक शैलीमा आउँछौं,' प्रवक्ता प्रधानले भनिन्। 
टेलिकम डाटा सेवामा पनि दोस्रो स्थानमा छ। इन्टरनेट बजारमा ५० प्रतिशत एनसेलको र नेपाल टेलिकमको ४८ प्रतिशत बजार हिस्सा छ। एक प्रतिशत युटिएलको र एक प्रतिशत अन्य इन्टरनेट सेवा प्रदायक कम्पनीको बजार हिस्सा रहेको प्रतिवेदनमा छ। कूल जनसंख्यामा इन्टरनेट प्रयोग गर्नेको हिस्सा २६ दशमलव ९३ प्रतिशत छ। एक वर्षको अवधिमा इन्टरनेट प्रयोगकर्ता ७ दशमलव ३३ प्रतिशतले बढेका छन्। 
नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता कैलाश न्यौपानेले देशको सबै भेगमा टेलिफोनको पहुँच पुगेको बताए। 'सेवा प्रदायकले विगतमा सहरमुखी प्रतिस्पर्धा गर्थे तर पछिल्लोपटक ग्रामीण क्षेत्रलाई लक्ष्य गर्दै सेवा दिन थालेपछि पहुँच पनि बढिरहेको छ,' उनले भने। अब सेवाको गुणस्तर र मूल्यमा ध्यान दिन जरुरी रहेको उनले बताए। 'टेलिफोन सेवा सामान्य नागरिकले पनि उपभोग गर्ने किसिमले सस्तो भयो भने पहुँच अझ बढ्छ,' उनले भने, 'त्यसैले सेवा प्रदायकले यतातिर सोच्नुपर्छ।'

Monday, September 30, 2013


वैज्ञानिकहरुले यस्तो अनौठो तथा अत्याधुनिक हेडफोनको निर्माण गरेका छन् जसको प्रयोगबाट अब पानी मुनि डुबेका बेला पनि मज्जाले गित सुन्न सकिनेछ । यो हेडफोनले मानिसको खप्परको हाडमार्फत ध्वनी तरंगलाई प्रवाहित गर्नेछ र मानिसले पानी मुनि पनि गित संगित वा कुनै श्रव्य सामाग्री सुन्न सक्नेछ ।
head1
अमेरिकामा बनेको नेप्च्युन नामक उक्त हेडफोनले मानिसको खप्परको हड्डीमार्फत भित्री कानसम्म ध्वनी तरंग प्रवाह गर्छ । यो हेडफोनको प्रविधि पानी मुनि ध्वनी प्रवाह गरी संचार सम्पर्क कायम गर्ने ह्वेल माछा र डलफिनको विधिमा जस्तै रहेको बताइएको छ ।
head3
यो वाटरप्रुफ एमपिथ्री प्लेयरयुक्त हेडफोनमा गीत बज्छ जसको ध्वनी तरंग हड्डी हुँदै कानको निकै संवेदनशील क्षेत्र कक्लिया सम्म पुग्छ ।
head2
यो हेडफोनको मेमोरीमा १ हजारवटा सम्म गित अट्ने र त्यसको मूल्य १६० डलर पर्ने बताइएको छ ।
  • RSS
  • Delicious
  • Digg
  • Facebook
  • Twitter
  • Linkedin
  • Youtube