Wednesday, September 18, 2013



आइफोन निर्माता अमेरिकी कम्पनी एप्पलले दुइ नयाँ मोडेलका आइफोन सार्वजनिक गरेको छ । आइफोनले सार्वजनिक गरेका आइफोनमध्ये एउटा निकै सस्तो छ । अमेरिकामा ९९ डलर मूल्य तोकिएको यो सस्तो आइफोन प्लास्टिकको आइफोन हो । यसको नाम आइफोन ५ सी राखिएको छ ।
आइफोन ५ सी सँगै एप्पलले अर्को उच्च गुणस्तरीय तथा महंगो आइफोन ५ एस समेत सार्वजनिक गरेको छ । यसको मूल्य अमेरिकामा ४६९ डलर तोकिएको छ ।
सस्तो मूल्यको आइफोन ५ सी विभिन्न ५ वटा रंगमा उपलब्ध रहेको एप्पलले जनाएको छ । यो गएको वर्ष सार्वजनिक भएको आइफोन ५ को प्लास्टिक रुप हो । जबकी आइफोन ५ एस विभिन्न ३ रंगमा उपलब्ध गराइएको छ ।
कस्ता कस्ता छन् विशेषता ?
आइफोन ५ सी मा ४ इन्चको रेटिना डिस्प्ले, ए सिक्स प्रोसेसर, आइफोन ५ मा भन्दा केही ठूलो ब्याट्री, ८ मेगापिक्सेलको पछाडिको क्यामराका साथै फेस टाइम एच डी क्यामरा रहेको छ । साथै यसमा डुअल ब्याण्ड वाइफाइ, ब्लुटुथ ४ रहेको छ ।
5c
त्यस्तै आइफोन ५ एस मा ए सेभेन चिप रहेको छ जसका कारण यो आइफोनको गति आइफोन ५ को भन्दा दोब्बर हुनेछ । यसका साथै फिंगर पि्रन्ट स्क्यानर तथा टच आइडी लक फिचर रहेको छ । यसमा २८ मेगापिक्सेलको एलइडी क्यामरा रहेको छ ।
5s



0 comments:

Post a Comment

  • RSS
  • Delicious
  • Digg
  • Facebook
  • Twitter
  • Linkedin
  • Youtube