Monday, September 30, 2013


वैज्ञानिकहरुले यस्तो अनौठो तथा अत्याधुनिक हेडफोनको निर्माण गरेका छन् जसको प्रयोगबाट अब पानी मुनि डुबेका बेला पनि मज्जाले गित सुन्न सकिनेछ । यो हेडफोनले मानिसको खप्परको हाडमार्फत ध्वनी तरंगलाई प्रवाहित गर्नेछ र मानिसले पानी मुनि पनि गित संगित वा कुनै श्रव्य सामाग्री सुन्न सक्नेछ ।
head1
अमेरिकामा बनेको नेप्च्युन नामक उक्त हेडफोनले मानिसको खप्परको हड्डीमार्फत भित्री कानसम्म ध्वनी तरंग प्रवाह गर्छ । यो हेडफोनको प्रविधि पानी मुनि ध्वनी प्रवाह गरी संचार सम्पर्क कायम गर्ने ह्वेल माछा र डलफिनको विधिमा जस्तै रहेको बताइएको छ ।
head3
यो वाटरप्रुफ एमपिथ्री प्लेयरयुक्त हेडफोनमा गीत बज्छ जसको ध्वनी तरंग हड्डी हुँदै कानको निकै संवेदनशील क्षेत्र कक्लिया सम्म पुग्छ ।
head2
यो हेडफोनको मेमोरीमा १ हजारवटा सम्म गित अट्ने र त्यसको मूल्य १६० डलर पर्ने बताइएको छ ।

0 comments:

Post a Comment

  • RSS
  • Delicious
  • Digg
  • Facebook
  • Twitter
  • Linkedin
  • Youtube